कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा हितेन्द्रदेवको रिट (रिटसहित)

३२ श्रावण २०७८, सोमबार

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि ऊर्जा आयोग लगिएका हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वाेच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताएका छन् । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिए पनि उनी एकाएक सर्वोच्च गएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया