मलाई एमालेको ह्वीप लाग्दैन : मन्त्री शाही

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री अजय शाहीले आफूले एमालेको सदस्यता नलिएकाले पार्टीको ह्वीप नलाग्ने बताएका छन् ।

शाहीले आइतबार विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेशले स्पष्टिकरण माग गरेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आफू नवलपरासी निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य भएको स्पस्ट पारेका छन् ।

‘म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा एमालेबीच भएको २ बुँदे सहमतिअनुसार मैले सूर्य चिन्ह प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको सवैमा जानकारी गराउँछु’, शाहीले भनेका छन्, ‘मैले नेकपा एमालेको पार्टी सदस्य लिएको छैन । तसर्थ मलाई राजनीतिक पार्टीको ह्वीप लाग्दैन ।’

शाहीले यसअघि माओवादी नेता कुलप्रसाद केसीको समर्थनमा हस्ताक्षर गरेका थिए । त्यसपछि एमालेले शाहीलाई कारवाही गर्ने प्रचार गरेको थियो । शाहीलाई हालका मुख्यमन्त्री केसीले विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

 

 
 
  
 

You may also like