अर्घाखाँचीमा पहिरोमा पुरिएर १ जनाको मृत्युु

by समतल अनलाइन

अर्घाखाँची। पहिरोमा पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानमा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पाणिनी–६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा माथिबाट पहिरो आएर मानबहादुरलाई पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

स्थानीय बासिन्दाका अनुसार पहिरो खस्दा उनी एक्लै काम गरिरहेका थिए । स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाएपछि शुक्रबार राति ९ः१५ बजे मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like