२०७८ साउन २३ गते शनिबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्न सक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । वैदेशिक घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । रचनात्मक काममा जुट्ने समय छ । प्रेम सम्बन्ध कसिलो होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like