देशभर मौसम पूर्ण बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज (शनिबार) देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ ।

यस क्रममा प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा प्रदेश– १ का एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like