माधव नेपाल पक्ष सरकारमा नजाने

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका नेता रघुजी पन्तले आफूहरु सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले आफूहरु वर्तमान सरकारमा सहभागी नहुने बताएका हुन् । उनले भने, ‘सरकारमा जाने कुनै सम्भावना छैन, हामी एमालेमा छौं । एउटै पार्टीमा छौं । अपोजिसनमा छौं ।’

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नका लागि समर्थन गरेको एमाले खनाल–नेपाल पक्षले समर्थन जनाएको थियो । उक्त समूह सरकारमा सहभागी हुने आशमा देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैन । यद्यपि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जसपाले मन्त्रीका नाम टुंग्याउन सकिरहेको छैन ।

नेता पन्तले वरिष्ठ नेता माधवकुमार नेपाल, विभिन्न सदस्यहरुले बैठकमा धारणा राखेको बताए । त्यस्तै, पार्टी विवाद समाधानका लागि आफ्नो तर्फका कार्यदल संयोजक भीम रावलले कार्यदलमा भएका १० बुँदे सहमतिका विषयमा विस्तृतमा व्याख्या गरेको पनि बताए । उनले दुवै समूहबाट गठित कार्यदल सक्रिय रहेको र वार्ता र छलफल भइरहेको बताए । उनका अनुसार केन्द्रीय समिति बैठक शुक्रबार बिहान साढे ११ बजे पुनः बस्ने छ ।

 
 
  
 

You may also like