लियो क्लब अफ बुटवलको ३६ औ बार्षीकउत्सब ः बिभिन्न ब्यक्तित्वहरुलाइ सम्मान

बुटवल।लियो क्लब अफ बुटवलले आफ्नो ३६ औ वार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष रमेश न्यौपानेको अध्यक्षतामा बुधबार बुटवलमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुलाइ सम्मान समेत गरिएको थियो ।
लायन्स डिस्ट्रिक ३२५ बि टु नेपाल सेकेन्ड भ्वाइस डिस्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पास्ट डिस्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, लायन अर्जुनमान सैजु, लायन सन्दिप कसौधन, लियो अनिश लामिझाने, लायन लोकप्रसाद खरेल,लायन रामेश्वर श्रेष्ठ, लायनेस पुष्पा श्रेष्ठ, लायन दिनेश श्रेष्ठ लगायतले बोल्दै क्लबको इतिहासलाइ सम्झदै आगामी दिनमा अझै उचाइमा पुर्याउन सबैको सहयोग रहने प्रतीबद्धता जनाएका थिए । उनीहरुले क्लबको पुरानो इतिहास रहेपनी नया नया काम गरेर क्लबलाइ रचनात्मक ढङगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
यसैबिच क्लबले लामो समयदेखी बुटवलमा स्वास्थ्य क्षेत्रमा र कोभिडको समयमा पनी अतुलनिय योगदान पुर्याइरहेको भन्दै बरिष्ठ डाक्टर नन्दु पाठकलाइ बिशेष सम्मान समेत गरेको छ । यस्तै पुर्व अध्यक्ष बिशेष सम्मान बाट लायन मुक्ति श्रेष्ठलाइ सम्मान गरिएको थियो भने पुर्व अध्यक्ष हिमालय भुषालले गतबर्षका कार्यक्रमका संयोजकहरुलाइ समेत बिशेष सम्मान गरेका थिए ।
यस्तै उत्कृष्ट बिधार्थी रिजन पछाइ र सदिक्षा खत्रीलाइ पनी सम्मान गरिएको क्लबका अध्यक्ष न्यौपानेले बताए ।
कार्यक्रममा लियो सरोज कंडेल, लियो एम.डी. न्यौपाने, लियो सौरभ रिजाल, लियो गोबिन्द बन्जाडे,लियो सन्जय जैसवाल , लियो महेश खनाल,लगायत क्लबका बिभिन्न पदाधिकारी तथा सदस्यहरुसगै बिभिन्न सामाजिक ब्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like