भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं । सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ओली सरकारको बहिर्गमनसँगै एमाले नेता देवी ज्ञवाली नेतृत्वको यो आयोग खारेज गर्ने तयारी थियो । ओली सरकारले देशका सबै जिल्लामा यो आयोगको कार्यालयले खोलेर कार्यकर्ताहरूलाई जिम्मेवारी दिएको थियो ।

 
 
  
 

You may also like