आउलान् असल मन्त्रीहरु ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याए पनि गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मपिन्त्रपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरँदा देउवाका सारथीका रुपमा ‘कस्ता मन्त्री भित्रिएलान् ?’ भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार परम्परागत भन्दा ‘क्रान्तिकारी र कामयाबी चरित्र’ को हुनुपर्ने र यसका लागि देउवालाई काबिल, दक्ष र रातदिन काम रेडी टु वर्क गरेर परिणाम निकाल्न सक्ने दक्ष सारथी आवश्यक पर्ने राजनीतिक विश्लेषक एवं प्रशासनविज्ञको सुझाव छ ।

देउवा नेतृत्वको सरकराले लक्ष्य र सफलता हासिल गर्न सारथीका रुपमा आउने मन्त्री इमान्दार, जनउत्तरदायी, विषय विज्ञ र शतप्रशित परिणाम दिन सक्षम हुनुपर्ने विज्ञको जोड छ ।

१७ मन्त्रालयको जिम्मेवारी आफैंले बहन गर्नपर्दा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्री देउवा’ छिट्टै मत्रिपरिषद्लाई पुर्णता दिनेगरी अन्तिम गृहकार्यमा जुटेकोु बातउँछन् । यद्यपि, उनलाई मन्त्रिपरिषद् विस्तारको सकस भने टरिसकेको छैन । कोभिड संकटले मुलुकको सामाजिक अवस्था समेत थला परेको छ । संकट अवस्थाबाट देश जोगाउनुपर्ने मुख्य दायित्व देउवा सरकारको काँधमा छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like