२०७८ साउन १३ गते बुधबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । श्रमको उचित मूल्याङ्कनका हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । व्यवसायका लागि छोटो यात्राको सम्भावना पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मङ्गल र शुभकार्यको चर्चा चल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । शेयर बजारमा गरेको लगानीले राम्रै लाभ मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्ने छ । आफन्त सँग भेटघाट हुनेछ । नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक र सेवा भाव बढ्ने योग छ । आज नयाँ कमको थालनी हुनेछ । शेयर बजार र घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कीर्तिमानी काम गर्ने समय छ प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिने छ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । बोलीको प्रभाव पनि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । बौद्धिक काममा सफलता मिल्ने छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । नयाँ कार्यको योजना बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like