कर्णाली नदीमा मिनी ट्रक खस्यो, दुई जनाको गयो ज्यान

सुर्खेत । कालिकोटमा नम्बर नखुलेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा ठेगाना नखुलेका ट्रक चालक दीपक साउद र सहचालक बाजुरा घर भएका ३२ वर्षीय रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहीले जानकारी दिए । कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकास्थित एस मोड भन्ने ठाउँबाट ट्रक कर्णाली नदीमा खसेको हो ।

नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । ट्रक सडकबाट झण्डै ३ सय मिटर तल कर्णाली नदीमा खसेको छ ।

 
 
  
 

You may also like