कांग्रेस पदाधिकारी वैठक बस्दै, क्रियाशील सदस्यता विवादबारे छलफल गरिंदै

काठमाडौ। क्रियाशील सदस्यता विवाद र निर्धारित कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसले आज (शुक्रबार) पदाधिकारी बैठक राख्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पदाधिकारी बैठकमा पूर्व पदाधिकारीहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेसको वैठक बसेको थियो । तर, पार्टीको वैठक बालुवाटारमा राखिएको भन्दै सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएपछि कांग्रेसले हिजो (बिहीबार) पार्टीको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार आजको वैठक बुढानिलकण्ठमा तय गरिएको हो ।

कांग्रेसमा महाधिवेशनका लागि समय अपुग हुन थालेको नेताहरुले बताएका छन् । महाधिवेशनको मिति नजिकिइरहेका बेला क्रियाशिल सदस्यता वितरणको विषय नै सुल्झिनसकेका कारण महाधिवेशन तालिका हेरफेर गर्नुपर्ने अवस्था आएको नेताहरु बताउँछन् ।
क्रियाशिल सदस्यता वितरणकै विषयलाई लिएर कांग्रेसमा राजीनामा र अनसनलगायतका गतिविधिहरु भइरहेका छन् ।

 

 
 
  
 

You may also like