भीम रावलले फिर्ता लिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
रावलले आज (शुक्रबार) सभाामुख अग्नीप्रसाद सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन् ।

रावलले साउन ३ गते विश्वासको मत भन्दा अगाडि राजीनामा दिएका थिए । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।

उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन् । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

 
 
  
 

You may also like