२०७८ साउन ६ गते बुधबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मन खिन्न हुने स्थिति आउने छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कुनै कुराले मनमा प्रसनता छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । चलखीपूर्ण कार्यले सङ्कल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । पठनपाठनमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पारिवारिक सद्भाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभारम्भको चर्चा चल्ने छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय पनि हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like