रुपन्देहीमा थप ३६ जनामा कोरोना संक्रमण , सक्रिय संक्रमितको संख्या ३४१ पुग्यो

बुटवल । रुपन्देहीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा २४६ जनामा कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढी तिलोत्तमा १८ जना , बुटवलमा ७, देवदहमा ४, सिद्धार्थ नगरपालिकामा २, शुद्धोधनमा २ जना थपिएका छन् । त्यस्तै सैनामैना, ओमसतिया र कञ्चनमा एक–एक जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या २८ हजार ७ सय १६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ३ सय ४१ पुगेको छ ।

 
 
  
 

You may also like