मोटरसाइकलको ठक्करबाट बालकको गयो ज्यान

दाङ। दाङमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. १ खिलतपुर चोकस्थित रा ४ प १०२४ नं.को मोटरसाइकलले स्थानीय ५ वर्षीय पारस लामिछानेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रहरीले प्रहरीले मोटरसाइकल चालक बइई गाउँपालिका–७ निवासी २८ वर्षीय दीपक थापा र मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ ।

 
 
  
 

You may also like