अमेरिकामा सहकर्मीको गोली हानी हत्या गरेको आरोपमा नेपाली युवा पक्राउ

काठमाडौं । अमेरिकाको न्यु जर्सीमा आफूसँगै काम गर्ने साथीको गोली हानी हत्या गरेको आरोपमा नेपाली युवक मिलन घिमिरे पक्राउ परेका छन् । उक्त घटना सोमबार राति स्थानीय समय ९ बजे भएको थियो ।

घटनास्थलमा पुग्दा पुलिसले ५६ वर्षीय फु सेवाङ नामक व्यक्तिलाई मृत अवस्थामा फेला पारेको थियो । उनको शरीरभरी थुप्रै गोलीको निशान रहेको बताइएको छ ।

यसपछि अनुसन्धानका क्रममा पुलिसले हत्याका अभियोगी २४ वर्षीय मिलन घिमिरेको पहिचान गरेको छ । घिमिरे सेवाङसँगै एक ग्याँस स्टेसनमा काम गर्थे । उनलाई न्युयोर्क पुलिस विभागले हिरासतमा लिएको छ । अधिकारीहरुका अनुसार घिमिरेले नै सेवाङको गोली हानेर हत्या गरेको अनुसन्धानमा खुलासा भएको हो ।

यस्तोमा घिमिरेमाथि अहिले ‘फस्र्ट डिग्री मर्डर’ सहित अवैध हतियार बोकेको र प्रमाण हेरफेर समेतको मुद्दा लागेको छ । हाल उनलाई न्युयोर्क सिटीमा कारबाही सम्बन्धी फैसला अघि बढाउन राखिएको छ ।

 
 
  
 

You may also like