रामकुमारी झाँक्रीले सांसदलाई दिइन् वधाइ, ओलीको कडा शब्दमा आलोचना

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले खुशी प्रकट गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपल्ट गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४६ सांसदले हालेको मुद्दामा सर्वाेच्च अदालतले आज सोमबार फैसला सुनाउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नाका साथै देउवलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

योसँगै सांसदमा पुनर्बहाली भएकी माधव नेपाल पक्षका नेत्री झाँक्रीले हर्षित हुँदै फैसला गर्ने न्यायाधीश, विघटनविरुद्ध बहस गर्ने अधिवक्ता, खबरदारी गर्ने नागरिक समाज, सञ्चारमाध्यमलाई धन्यावाद दिँदै सांसदहरूलाई बधाई दिएकी हुन् । दोस्रोपल्ट भएको विघटन बदरले राजनीतिक नेतृत्व चयनको निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ भन्ने शिक्षा दिएको पनि उनले उल्लेख गरेकी छन् ।
यस्तो छ झाँक्रीको अभिव्यक्ति
जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ । जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहीत रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिलाः लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक व्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन, परीक्षण गर्न जानुपर्ने अवस्था आउने रहेछ ।

त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ । न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ । संवैधानिक इजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ बहस र पैरवी गर्ने विद्वान वरिष्ठ अधिवक्ता र अधिवक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरिक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई !

 
 
  
 

You may also like