कार दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु

झापा। नेकपा एमाले झापाका युवा नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको कार दुर्घटनामा ज्यान गएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा परी बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागि गम्भीर घाइते नेता प्रसाईको उपचारको क्रममा सवा १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको थापाले बताए । दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष हुन् ।

 
 
  
 

You may also like