पाल्पा – बुटवल सडक खण्ड संचालनमा

बुटवल । बुधबार रातिदेखी अवरुद्ध पाल्पा- बुटवल सडक खण्ड सन्चालनमा आएको छ।

बुधबार रातीदेखि परेको वर्षाका कारण सडकका सिद्धबाबा, झुम्सा लगायतका स्थानमा पहिरो गएको थियो । पहिरोका कारण बिहिबार बिहानै देखि यातायात अवरुद्ध भएको थियो ।

सडकमा खरेको पहिरो फालेपछि शुक्रबार दिउँसो करिव १ बजेदेखि यातायात सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपालले बताउनु भयो । सडकमा ठूला–ठूला ढुंगा समेतको पहिरो आएका कारण पहिलो फाल्न समय लागेको हो ।

 
 
  
 

You may also like