गाडीको ठक्करबाट पैदय यात्री युवकको मृत्यु

मोरङ। मोरङमा सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ मा सवारीसाधनको ठक्करबाट पैदल यात्री स्थानीय २० वर्षीय रामकुमार राजवंशीको मृत्यु भएको हो ।

बिहीबार राति करिब १० बजे बूढीगंगास्थित शिवम प्लास्टिक फ्याक्ट्री अगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट राजवंशी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा राति करिब साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीसाधनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निमुवाले जानकारी दिएको छ ।

 
 
  
 

You may also like