दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न : प्रधानमन्त्री

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन मुद्दाको हस्ताक्षर दुई दिनभित्र फिर्ता नभए पार्टी एकता नहुने चेतावनी दिएका छन् ।

आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

यही बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताए । ‘दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनले भने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’ प्रधानमन्त्री समेत रहेका ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताए । ‘यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटेको घोषणा हो’, उनले भने ।

 
 
  
 

You may also like