सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्न कांग्रेसले दर्ता गरायो सूचना

काठमाडौं ।  विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

संसदमा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत हुने भन्दै कांग्रेसले आज विरोधको सूचना दर्ता गराएको हो ।

सरकारले ल्याएका सबै अध्यादेश अस्वीकार गर्ने नीति लिएको कांग्रेसले अहिले भने सरकारले पेस गरेको बेपत्ता व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन, २०७७ विरुद्ध विरोधको सूचना दर्ता गराएको हो ।

 
 
  
 

You may also like