युरोकप क्वाटर फाइनल : इटाली र बेल्जियम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्दै

काठमाडौं । युरोकप फुटबलका क्वाटर फाइनल खेलहरु आज (शुक्रबार) बाट हुँदैछन् । आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटर फाइनल खेलमा स्पेन र स्विट्जरल्याण्ड भिड्ने छन् । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।

स्विटजरल्याण्डले भने प्रि क्वाटर फाइनलमा विश्वकप विजेता फ्रान्सलाई टाई ब्रेकरमा हराएको थियो । क्वाटरफाईनलको दोस्रो खेलमा आज राति पौने १ बजे इटाली र बेल्जीयम भिड्ने छन् ।

यो खेल जर्मनीको म्युनिखमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा अष्ट्रियालाई हराउँदै इटाली तथा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटर फाइनलमा पुगेका हन् । युरोकपका अन्य दुई क्वाटर फाइनलमा भोलि राति चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इङल्याण्ड भिड्ने छन् ।

 

 
 
  
 

You may also like