थप ४,०१७ ले जिते कोरोना, २,७६० नयाँ थपिए, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,०१७ जना संक्रमित कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २,७६० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २,७६० जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार ७,१३० जनामा आरटी पीसीआर र ३,८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

यसमध्ये पीसीआरबाट १,८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९,१४५ पुगेको छ ।

 
 
  
 

You may also like