60
कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु गाडीमै ज्यान गएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिएका छन् ।
‘खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘चालकले भागेर ज्यान जोगाए ।
विरामीको घटनास्थलमै ज्यान गयो ।’ घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको जनाइएको छ ।