गगन थापा भन्छन : तिहार पछि सरकार विरुद्ध नागरिक सडकमा उत्राछौं

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले तिहारपछि सरकारका गलत कामको विरुद्ध नागरिकलाई सडकमा उतार्ने चेतावनी दिनु भएको छ ।
गुल्मीको हाडहाडे जाने क्रममा आज बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन बनाएरै नागरिकको मौलिक हक, सम्पतिमाथिको हक खोस्ने तयारी गरेकोले त्यसको प्रतिवाद कांग्रेसले सदन र सडकबाट गर्ने चेतावनी दिनुभयो ।
संसदमा बहुमत छ भन्दैमा एकपछि अर्को गर्दै सरकारले नागरिकका अधिकार खोसिरहेको भन्दै नेता थापाले सरकारको प्रतिरोधको लागि तयार हुन कार्यकर्तासँग आव्हान गर्नुभयो ।

सरकार अलोकप्रिय भइरहेको पीडा पोख्न नेकपाले कार्यकर्तालाई व्यक्तिमाथि आक्रमणमा उतार्न थालेको भन्दै उहाँले लोकतन्त्रमा सबैले सबै प्रकारका विचार राख्न पाउनुपर्ने बताउनुभयो ।

 

 
 
  
 

You may also like