रोल्पामा बस खोलामा खस्यो, २ जनाको मृत्यु

by समतल अनलाइन

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङस्थित जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।

बस खोलामा खस्दा चालक २२ वर्षीय यमलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय सूर्यलाल जीएमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रुइनिवाङबाट लुङ्ग्री गाउँपालिकातर्फ जान लागेको बस जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा खोलामा खसेको थियो । प्रहरीका अनुसार बसमा एक जना यात्रु मात्रै थिए । १ जना यात्रु र चालकसहितको बस खोलामा खसेको थियो ।

 
 
  
 

You may also like