बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङ । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीय श्रीमती स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

घरायसी विवादका कारण बुधबार बेलुका मुकुन्दलालले टाउकोमा बञ्चरो प्रहार गरेपछि श्रीमती चौधरी घाइते भएकी थिइन् ।उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालिसकेको छ ।

 

 
 
  
 

You may also like