युरोकप : वेल्सको पहिलो जित

काठमाडौं। वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । गए राति भएको खेलमा टर्कीलाई २–० गोलले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।

वेल्सका आरोन राम्से र कोनर रोबट्र्सले एक–एक गोल गरे । जितसँगै वेल्सले दुई खेलमा चार अङ्क जोडेको छ । वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटलीले ३–० गोलले हराएको थियो । टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

 
 
  
 

You may also like