२०७८ असार ३ गते बिहीबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज छोटो दूरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । शुभकार्यको चर्चा चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साथीभाइसँग समय बित्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । आस मारेको काम बन्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । सन्तान सुख मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राजनैतिक कार्यमा र वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ विपरीत वर्गप्रति आकर्षण बढ्ने ट, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउने छ । सरकारी निकायको भय रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्ने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोट पटकको भय छ, सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्वपूर्ण कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्ला । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । शिक्षामा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like