युरोकपमा रूसको पहिलो जित, फिनल्याण्ड पराजित

एजेन्सी– रुसले १६औँ संस्करणको युरोकप फुटबलमा पहिलो जित हात पारेको छ ।बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोलले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी निर्णायक गोल गरे ।

जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फिनल्याण्डको यो पहिलो हार हो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंकसहित फिनल्याण्ड तेस्रो स्थानमा छ ।

 
 
  
 

You may also like