बाढी र पहिरोले कहाँ कति क्षति ? (विवरणसहित)

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लामा बाढीपहिरोका विभिन्न ४७ घटनामा एक जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएको जनाएको छ ।

प्राधिकरणले मंगलाबार बिहान १० बजेदेखि बुधबार (आज) बिहान १० बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै सो समयमा १ जनाको मृत्यु, ७ जना बेपत्ता र २ जना घाइते भएको जनाएको हो ।

प्राधिकरणले बाढी पहिरोका कारण १८ बटा सडक खण्ड अवरुद्ध भएको जनाएको छ भने उक्त समयमा ११ चौपाया क्षति भएको तथ्यांक सार्वजनिक गरेको छ।

मृत्यु हुनेमा पाल्पाको रिप्दीकोट गा.पा ४ सिलाङ्थोका १९ वर्षे किशोर रहेको प्राधिकरणले जनाएको छ ।

पहिरो आउँदा घर पुरिएर घाइते भएका किशोरको उचारकार क्रममा मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्यांक यस्तो छ

 
 
  
 

You may also like