79
काठमाडौ ।लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका स्थानीय ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षीय गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण बीचमा फसेका थिए।
उनीहरुको बुधबार बिहान करिब ९ बजेतिर सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।
अबिरल बर्षाको कारण लमही ७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबीच टापुमा फसेका उनीहरुको उद्धार गर्नको लागि सशस्त्र प्रहरी बल भालुवाङबाट उपरीक्षक टोपबहादुर खनालको कमाण्डमा ९ जना र लमहीस्थित अर्जुन खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट थप १६ जना सशस्त्र प्रहरी रबरबोट तथा उद्धार सामाग्री साथ बुधबार बिहान ६ बजे नै घटनास्थल पुगेका थिए।