नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको शानदार जित

काठमाडौँ। स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ ।

आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।

स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक/एक गोल गरे ।

जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

 
 
  
 

You may also like