युरोकप फुटबलमा अष्ट्रियाको विजयी सुरुवात

काठमाडौँ । युरोकप फुटबलमा अष्ट्रियाले विजयी शुरुवात गरेको छ ।

रोमानियाको बुचारिस्टमा आइतबार राति सम्पन्न खेलमा नर्थ म्यासेडोनियालाई ३-१ गोलले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक/एक गोल गरे । म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो पहिलो जित हो । यसअघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन । जितसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको अष्ट्रियाले ३ अंक जोडेको छ ।

 
 
  
 

You may also like