२०७८ जेठ २९ गते शनिबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ कार्यको चर्चा चल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ला । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै कुराले मनमा शान्ति छाउला । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्यप्रति खर्च बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजिकको यात्राको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कामको योजना बन्ने छ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक संकटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ जिम्मेवारी पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like