२०७८ जेठ २५ गते मंगलबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ योजना बन्ने छन् । राजनैतिक क्षेत्रबाट सफलता पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लाभ, हानी, आय, व्यय, बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मन परेको खानेकुरा खान पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । स्वादिष्ट भोजनको अवसर पाइनेछ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । समाज सेवामा मन पनि लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्ने छ । कुनै कुराले मनमा प्रसन्नता छाउने छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । परिवारसँग समय पनि बित्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवश्यक छ । तर आर्थिक पक्ष भने सामान्य नै रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । नयाँ ठाउँमा लगानिको अवसर मिल्ने छ । प्राविधिक क्षेत्र सबल रहने छ, तर साँझमा खर्च बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्ने छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुगाना

 
 
  
 

You may also like