थप ६,५७० ले जिते कोरोना, ५,१५३ नयाँ थपिए, १०८ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,५७० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

यस्तै सोही अवधिमा नेपालमा ५,१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १७ हजार ६७६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १,२२६ संक्रमित थपिएका छन् । जसमा काठमाडौं ८३६, ललितपुर २६९ र भक्तपुर १२१ रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

 
 
  
 

You may also like