ओली राष्ट्रवादको लगौटी बिखण्डनको पगरी बनिसकेछ : रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली राष्ट्रवादले लगौटी विखण्डनको पगरी बनेको टिप्पणी गरेका छन् । पौडेलले राष्ट्रवादको नक्कली नारा दिएर सत्तारोहण गरेका ओलीले त्यही सत्ता जोगाउ विखण्डनको पगरी गुथेको आरोप लगाएका हुन् ।

‘सत्ता होइन ब्यबस्थालाई महत्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेस नै गुमाउने, डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने र बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रबाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्’, पौडेलले समाजिक सञ्जालमा लेखेका छन्, ‘ओली राष्ट्रबादको लगौटी बिखण्डनको पगरी बनिसके छन् ।’

 

 
 
  
 

You may also like