संवैधानिक इजलास स्थगित

काठमाडौं । आज (सोमबार) संवैधानिक इजलास नबस्ने भएको छ । आइतबारबाट संसद विघटनको मुद्दामा सुनुवाइ शुरु हुने भने पनि सत्ता पक्षकै वकिलले न्यायाधीशमाथि बखेडा निकालेपछि सुनुवाइ हुन सकेको थिएन ।

संवैधानिक इजलास आज स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएका कारण इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् । यसअघि आइतबारको सुनुवाइमा सरकार पक्षका कानुन व्यवसायीले न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिनु पर्ने माग गरेका थिए । जसका कारण सुनुवाइ हुन सकेको छैन ।

उनीहरु रहनेकी नरहने भन्ने अन्यौलताकै बीच सोमबारको इजलास स्थगित भएको हो । यसअघि जेठ १४ गतेको इजलासमा रिट निवेदकले न्यायाधीशमाथि प्रश्न उठाएपछि आइतबार इजलास पुनर्गठन भएको थियो ।

प्रधानन्यायाधीशले वरिष्ठताक्रम अनुसार गठन गरेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । यसअघि विवादमा तानिएका तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई भने राखिएको छैन ।

 
 
  
 

You may also like