पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै पूर्वी र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसा विज्ञान विभागका अनुसार आज (सोमबार) प्रदेश–१, प्रदेश–२ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

 
 
  
 

You may also like