उपप्रधानमन्त्री महतोको अभिव्यक्ति संबिधान विरोधी- गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमाले नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोको संबिधान विरोधी अभिव्यक्ति दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतो दिएको “बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने” अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको बताएका छन् ।

उनले भनेका छन्-

उपप्रधानमन्त्री राजेन्द्र महतोले “बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने” भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।

 
 
  
 

You may also like