थप ८,२४३ ले जिते कोरोना, ५,०४२ नयाँ थपिए, ६२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८,२४३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५,३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३,५४० जना र एन्टीजेटमार्फत १,५०२ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ । नेपालमा हालसम्म पिसिआर परीक्षणमा ५ लाख ८५ हजार १०० र एन्टीजेन परीक्षणबाट १३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ ।

 
 
  
 

You may also like