रुपन्देहीमा २४८ जनाको कोरोना परिक्षण गर्दा ७८ जना संक्रमित, २३२ जना कोरोना मुक्त

बुटवल । रुपन्देहीमा थप ७८ जना कोरोना संक्रमीत थपिएका छन भने २३२ जना कोरोना संक्रमण मुक्त भएका छन । २४८ जनाको पिसिआर परिक्षण गर्दा सो संख्यामा कोरोना पोजेटिभ देखिएको हो।

रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ३४ पुगेको छ । जसमा २५ हजार १७० जना निको भएका छन । हाल जिल्लामा १ हजार ४१७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४४७ पुगेको छ ।

 
 
  
 

You may also like