कोरोनाबाट बुटवलमा थप दुई जनाको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।
कोरोना पुष्टि भएपछि जेठ १५ गते अस्पताल भर्ना भएका गल्याङ–११ स्याङ्जाका पुरुषको मृत्यु भएको छ । ३२ बर्षका पुरुषको गए राति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै आज विहान बर्दघाट नगरपालिका–४ बस्ने ४३ बर्षीय महिलाको पनि मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनीलाई जेठ ११ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी प्रदेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । दुई जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. गौतमले जानकारी दिए

 
 
  
 

You may also like