नुहाइरहेकी किशोरीमाथि बलात्कार गर्न खोज्ने इन्जिनियर पक्राउ

रोल्पा । नुहाउन गएकी किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणि पौडेलले हातपात गरी जवरजस्ती करणी गर्न खोजेको भन्दै पीडित किशोरीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन ।

पीडित पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए । किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए ।

त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ । ती किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए । विभिन्न बाहनामा बल्यकमेलिङ गर्ने गरेको समेत पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारले इन्जियनियरले बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

 
 
  
 

You may also like