कोरोनाबाट बाँकेमा थप पाँच जनाको मृत्यु, मृत्तक संख्या ३१० पुग्यो

बाँके। कोरोनाबाट बाँकेमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको ज्यान गएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका–११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो ।

यस्तै बर्दियाको गुलरिया नगरपालिका–४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर–१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका–१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।

 

 
 
  
 

You may also like