बजेटले राहत दिएको छैन, देश र जनता अँध्यारो सुरुङतिर धकेलिंदै छन् : कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साढे ६ प्रतिशतले बजेट विस्तार हुन नसक्ने निष्कर्ष निकालेको छ । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले अध्यादेशबाट आएको बजेटले उत्साह जगाउन नसकेको बताएको छ । सरकार कहिल्यै वास्तविक धरातलमा नउभिएको कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसले बजेटले दीर्घकालीन दायित्व सिर्जना गरेको र अतिरिक्त, ऋणभार सिर्जना गरेको भन्दै आलोचना गरेको हो । पत्रकारसम्मेलनपछि बोल्दै कांग्रेस नेता मीनेन्द्र रिजालले संसद पुनः स्थापना हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले सरकारले सुरुङ युग प्रारम्भ भएको भन्दै अँध्यारो सुरूङतिर धकेल्ने काम गरेको पनि टिप्पणी गरेका छन् ।

‘आजको दिनमा पनि हामीलाई विश्वास छ– संविधानको धारा ७६ (५) अनुसार हामीले प्रस्ताव गरेका शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । हिजो पञ्चायतकालमा पनि अदालतमाथि विश्वास थियो । अघिल्लो पटक विघटन हुँदा अदालतले संसद् पुनःस्थापना भयो’, उनले भने ।

 

 
 
  
 

You may also like