चुनाव हुनेमा ओली पक्षकै एमाले नेता शंकर पोखरेललाई पनि शंका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ का लागि घोषणा गरेको निर्वाचनलाई विपक्षी गठबन्धनले ‘नहुने चुनाव’ भनिरहेका बेला ओली पक्षकै एमाले नेता शंकर पोखरेल पनि पूर्णतः विश्वस्त देखिएका छैनन् ।

शनिबार सरकारले सार्वजनिक गरेको बजेटको चर्चा गर्ने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले ‘मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै’ वाक्यांश प्रयोग गरेका छन् । निश्चित भन्नु र निश्चित जस्तै भन्नुमा आकाश–पाताल भिन्नता हुन्छ । यसले उनी पनि चुनाव हुन्छ नै भन्नेमा ढुक्क नदेखिएको प्रष्ट हुन्छ ।

मुख्यमन्त्री पोखरेलले शनिबार राति फेसबुकमा लेखेका छन्, ‘बजेट कोभिड–१९ को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रित छ । जनअपेक्षा पनि यस्तै थियो । अब मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै भएको हुँदा त्यसका लागि खर्चको व्यवस्था गर्नु आवश्यक नै थियो । कोरोना महामारी र चुनावी खर्चको व्यवस्थाका बाबजुद जनताका अपेक्षाहरूलाई सम्बोधन गर्न बजेट अग्रसर देखिन्छ ।’

 
 
  
 

You may also like